Skip to content

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले ल्यायो ‘इन्स्टेन्ट इएमआई सुविधा

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआइएमबी)ले नेपालमै पहिलो पटक पिओएस मेसिनमार्फत भुक्तानी गर्दा इन्स्टेन्ट इएमआई सुविधा ल्याएको छ।

ग्राहकलाई अझ सहज, स्मार्ट र प्रविधिमैत्री बनाउँदै एनआइएमबीले नेपालमै पहिलोपटक एनआइएमबी पिओएस मेसिनमार्फत भुक्तानी गर्दा इन्स्टेन्ट इएमआई सुविधा सुरु गरेको छ।

अबदेखि एनआइएमबी क्रेडिट कार्ड प्रयोगकर्ताहरूले कुनै पनि व्यापारिक स्थानमा एनआइएमबी पिओएसमार्फत भुक्तानी गर्दा सोही क्षणदेखि किस्ताबन्दी (एएमआई) सुविधा प्रयोग गर्न सक्नेछन्।

यो सुविधा ग्राहकहरूले ठूलो खर्चलाई सानो मासिक किस्तामा विभाजन गरेर सजिलै तिर्न सक्ने प्रणाली हो, जुन छुट्टै आवेदन प्रक्रिया वा कुर्नु पर्ने झन्झटबिनै तुरुन्तै उपलब्ध हुनेछ।

बैंकले इन्स्टेन्ट इएमआई सुविधा सुरू गर्नुको उद्देश्य ग्राहकहरूलाई आर्थिक लचिलोपन प्रदान गर्नुका साथै डिजिटल कारोबारलाई अझ सहज बनाउनु रहेको जनाएको छ।

यस सुविधाले विशेषगरी घरायसी सामान, विद्युतीय उपकरण, ग्याजेट, यात्राजस्ता सेवाहरू खरिद गर्न चाहने ग्राहकहरूलाई सस्तो मासिक किस्तामा भुक्तानी गर्ने विकल्प प्रदान गर्ने छ।

सरल प्रक्रियामार्फत स्वचालित रूपमा सुरू हुने यो सुविधा, डिजिटल बैंकिङ प्रतिको विश्वास र प्रयोगलाई थप सशक्त बनाउने विश्वास बैंकले लिएको छ।

बैंकले हाल २७५ शाखा, २६५ एटिएम, ६५ एक्सटेन्सन काउन्टर, ६० शाखारहित बैंकिङ काउण्टरबाट सेवा प्रदान गरिरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi