Skip to content

नागरिक लगानी कोषको ९ महिनामा नाफा ८८ करोड २४ लाख

 

काठमाडौं । चालु आर्थिक वर्ष २०८०र८१ को तेस्रो त्रैमाससम्म नागरिक लगानी कोषले ८८ करोड २४ लाख ४७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १३.४३ प्रतिशत धेरै हो । गत वर्ष यसले ७७ करोड ७९ लाख खुद नाफा आर्जन गरेको थियो । खुद ब्याज आम्दानी र कमिसनबाट हुने आम्दानी बढ्दा कोषको नाफामा सुधार आएको हो ।

३० करोड ५० लाख रहेको ब्याजबाट हुने आम्दानी बढेर ३५ करोड ३२ लाख पुगेको छ । त्यसैगरी, कमिसनबाट हुने आम्दानी १ अर्ब ४ करोड पुगेको छ । ५ अर्ब ३१ करोड ३७ लाख ५० हजार रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको जगेडा कोषमा २५ अर्ब ५० करोड १९ लाख रुपैयाँ जम्मा छ । चैतसम्म यो कम्पनीको प्रतिसेयर आम्दानी २२।१४ रुपैयाँ छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima