Skip to content

प्रधानमन्त्री प्रचण्डले छलफलका लागि बालुवाटारमा बोलाए कांग्रेस सभापति देउवालाई

 

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति देउवालाई छलफलका लागि अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटार बोलाएका छन्।

संसद्को गतिरोध अन्त्यका लागि कांग्रेस सभापति शेरबहादुर देउवालाई बोलाएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दियो।

संसद्को बर्खे अधिवेशन सुरु भएको दिन शुक्रबार नेपाली कांग्रेसले बैठक अवरूद्ध गरेको थियो।

सहकारीको बचत अपचलनमा गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता रहेको भन्दै प्रमुख प्रतिपक्षी दल कांग्रेसले संसदीय छानबिन समितिको माग गरेको छ। तर, सत्तापक्ष संसदीय छानबिन समिति बनाउन नपर्ने अडानमा छ।

दुवै पक्ष आआफ्नो अडानमा अडिग रहेपछि संसदमा गतिरोध देखा परेको छ। प्रधानमन्त्री प्रचण्डले सबैलाई विश्वासमा लिएर अघि बढ्न खोजेको उनको सचिवालयले जानकारी दिएको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi