Skip to content
Prabhu

हिमालयन रिइन्स्योरेन्सको नाफा सतप्रतिशत बढ्यो

 

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको १००.५४ ले बढेर चालु आर्थिक वर्ष २०८०र८१को तेस्रो त्रैमासमा ९३ करोड ११ लाख ८ हजार रुपैयाँ पुगेको छ । गत आर्थिकवर्ष २०७९र८० को सोहीअवधिमा खुद नाफा ४६ करोड ४३ लाख १० हजार रुपैयाँ मात्र रहेको थियो । यस अवधिमा खुद बिमा शुल्क आम्दानी १२३.९६५ ले बढेर ३ अर्ब ४९ करोड ९ लाख रुपैयाँ पुगेपछि खुद नाफा बढेको हो ।

लगानी तथा कर्जामा हुने आम्दानी पनि ३६.८१५ ले बढेर ७६ करोड ७२ लाख रुपैयाँ पुगेको छ । यसको चुक्ता पुँजी १० अर्ब रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङमा ७७ करोड ५० लाख रुपैयाँ जम्मा भएको छ । खुद नाफा बढेसँगै प्रतिसेयर आम्दानी पनि ३.५७ रुपैयाँले बढेर १२.४१ रुपैयाँ पुगेको छ । यस इन्सुरेन्सको प्रतिसेयर नेटवर्थ १४९.९७ रुपैयाँ रहेको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal