Skip to content
Prabhu

शिखर इन्स्योरेन्सको नाफा २६ प्रतिशतले बढ्यो

 

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको चालू आर्थिक वर्ष २०८०र८१ को तेस्रो त्रैमाससम्म नाफा गत आर्थिक वर्ष २०७९र८० को सोही अवधिको तुलनामा २६.२३ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा कम्पनीले ३९ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६.२३ प्रतिशत बढी हो । गत आवमा कम्पनीले ३० करोड ९१ लाख रुपियाँ खुद नाफा कमाएको थियो  । चालू आवको ९ महिनासम्मम कम्पनीको खुद बिमाशुल्क १६.०६ प्रतिशत र कुल आम्दानी ३.४४ प्रतिशतले बढेको छ । त्यस्तै, खुद दाबी भुक्तानी २१.६९ प्रतिशतले र कुल खर्च २.५७ प्रतिशत घटेको छ ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । समीक्षा अवधिमा यस्तो आम्दानी ४।७ रुपैयाँ बढेर १९।६० रुपैयाँ पुगेको छ ।

कम्पनीको चालू आवको ९ महिनासम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात ३५.२४ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ १९९.४९ रुपैयाँ रहेको छ ।२ अर्ब ६५ करोड ४९ लाख रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा १ अर्ब ६५ करोड र महाविपत्ति कोषमा १३ करोड ५१ लाख रुपैयाँ सञ्चित छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal