Skip to content

याडियाको ‘भेल्याक्स सिरिज’ सार्वजनिक, तीन मोडेल एकैसाथ नेपाली बजारमा

काठमाडौं । इलेक्ट्रिक सवारी ब्रान्ड याडियाले आफ्नो अत्याधुनिक ‘भेल्याक्स सिरिज’ नेपाली बजारमा भित्र्याएकाे छ ।याे याे कम्पनी नाइमा अटो शो २०२५ को अवसर पारेर औपचारिक रूपमा प्रवेश गरेको हो। नेपालमा याडियाको एक मात्र आधिकारिक वितरक कुजु नेपाल प्रालिले सार्वजनिक गरेकाे स्कुटरहरूमा भेल्याक्स फास्ट चार्जिङ, भेल्याक्स यु – अल्ट्रा परफरमेन्स र भेल्याक्स एच – हाई परफरमेन्स रहेका छन्।

भेल्याक्स फास्ट चार्जिङ स्कुटर ७६ भोल्ट ३० एएच एलएफपी ब्याट्रीसहित ११० किलोमिटरसम्म चल्न सक्नेछ। यसमा ३२०० वाटको मोटर जडान गरिएको छ जसले ६२ किमी प्रतिघण्टा गति र १७२ एन·एम टर्क प्रदान गर्छ। स्कुटर केवल २० मिनेटमै ८०५ चार्ज हुने क्षमतासमेत राख्दछ।

भेल्याक्स यु – अल्ट्रा परफरमेन्स मोडेल याडियाको फ्ल्यागशिप स्कुटर हो। डुअल ७४ भोल्ट २० एएच ब्याट्रीयुक्त यो मोडेलले १४० किमीको रेंज दिनेछ। ४ हजार ९०० वाट मोटरसहित यसको अधिकतम गति ८० किमीरघण्टा र टर्क १७६ एन·एम हुनेछ। भेल्याक्स एच – हाई परफरमेन्स मोडेल भने सुलभ मूल्यमा दैनिक प्रयोगकर्तालाई लक्षित गरिएको छ। यसमा ७२भी ३० एएच ब्याट्री र ३२०० वाट मोटर प्रयोग गरिएको छ, जसले १०० किमीको रेंज दिनेछ।

याडियाले यस सिरिजमार्फत उच्च परफरमेन्स, छिटो चार्ज हुने क्षमता र बजेटमैत्री स्मार्ट विकल्प प्रस्तुत गर्दै नेपाली इलेक्ट्रिक सवारी बजारमा नयाँ अध्याय सुरु गर्ने दाबी गरेको छ। तीनवटै मोडेल नाइमा अटो शो २०२५ मा याडियाको विशेष प्याभिलियनमार्फत सार्वजनिक गरिनेछ। मूल्य र उपलब्धताको विस्तृत विवरण सोही अवसरमा सार्वजनिक गरिने कुजु नेपाल ले जनाएको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi