Skip to content

घोराही सिमेन्टको आम्दानी घट्यो

nabil bank

 

काठमाडौं । चालु आर्थिक वर्ष २०८०र८१ को तेस्रो त्रैमाससम्ममा घोराही सिमेन्ट इण्डष्ट्रि लिमिटेडको आम्दानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ भने खुद नाफा ऋणात्मक भएको छ।

चालु आर्थिक वर्ष २०८०र८१को पहिलो ९ महिनासम्ममा कम्पनी ६४ करोड २५ लाख रुपैयाँ नोक्सानीमा रहेको छ। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनी ३ करोड ३९ लाख रुपैयाँ नाफामा थियो।

आम्दानी घटेको र लागत खर्च बढेका कारण कम्पनीले नोक्सानी बेहोर्नु परेको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी १.६९ प्रतिशत घटेको छ। साथै, कम्पनीको कुल नाफा ५७.७६ प्रतिशत घटेको छ भने अन्य आम्दानी ८९.६३ प्रतिशत घटेको छ। चैत मसान्तसम्ममा कम्पनीको सञ्चालन मुनाफा २२ करोड ३८ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

तेस्रो त्रैमासको अन्त्यसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी १८ रुपैयाँ ७६ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ २२० रुपैयाँ ५५ पैसा रहेको छ। ४ अर्ब ५६ करोड ७६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोषमा ५ अर्ब ५० करोड ६१ लाख रुपैयाँ सञ्चित छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi