Skip to content

स्रोत नखुलेको करिब ७ लाख रकमसहित युवक पक्राउ

जलेश्वर । महोत्तरीको मटिहानी जनकपुर सडकखण्डमा प्रहरीले स्रोत नखुलेको करिब ७ लाख रकमसहित एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका–१ बस्ने २५ वर्षीय अनिस राइन रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तुलालप्रसाद जैसवारले जानकारी दिए।

भारतबाट प्र।२–०२–००४प ७१६७ नंको मोटरसाइकलमा चढी पिठ्यूँमा झोलामा बोकी मटिहानी हुँदै जनकपुरतिर जाँदै गरेको राइनलाई मटिहानी –७ स्थित पुलनजिकै खटिएको प्रहरीले शङ्का लागेर जाँच गर्दा उनको झोलाबाट स्रोत नखुलेको ६ लाख ६८ हजार पाँच सय रुपैयाँ बरामद गरेको हो । प्रहरीले राइनलाई मोटरसाइकलसहित आवश्यक कारबाहीका लागि जलेश्वर भन्सार कार्यालयमा पठाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

dish home
national life
http://sanimareliancelife.com/
MAK 4T
Arghakhachi