Skip to content

नेपाल टेलिकमको खुद नाफा ३.३५ प्रतिशतले बढ्यो

काठमाडौँ । नेपाल टेलिकमको खुद नाफा ३.३५ प्रतिशतले बढेको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म टेलिकमको खुद नाफा सो मात्रामा बढेको हो ।

टेलिकमले आज प्रकाशित गरेको चैतसम्मको वित्तीय विवरणअनुसार टेलिकमले नौ महिनामा ५ अर्ब ५९ करोड ३७ लाख ६८ हजार रुपैयाँ खुद नाफा गरेको छ भने गत आवको सोही अवधिमा ५ अर्ब ४१ करोड १९ लाख ७५ हजार रुपैयाँ नाफा कमाएको थियो ।

कम्पनीले चुक्ता पुँजी १८ अर्ब रुपैयाँ छ भने रिजर्भ इन सरप्लसमा ७४ अर्ब ३३ करोड ८६ लाख २३ हजार रुपैयाँ छ । साथै सब्स्क्राइब डिपोटिज ६० करोड १० लाख रुपैयाँ छ । कम्पनीको प्रतिसेयर आम्दानी गत वर्ष ४० रुपैयाँ ९ पैसा रहेकोमा बढेर ४१ रुपैयाँ ४४ पैसा पुगेको छ । साथै प्रतिसेयर नेटवर्क भने ५१२ रुपैयाँ ९९ पैसा छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal