Skip to content

घट्यो वाणिज्य बैंकको निक्षेपको ब्याजदर, जेठमा सबैभन्दा बढी एनआईसी एसिया र एनएमबिले दिने

काठमाडौं । वाणिज्य बैंकले निक्षेपको ब्याजदर घटाएका छन् । जेठ महिनाको लागि बैंकहरुले बैशाख महिनाको तुलनामा ब्याजदर घटाएका हुन् ।

बैंकहरुले प्रकाशित गरेको सूचना अनुसार जेठ महिनामा सबैभन्दा बढी ब्याजदर व्यक्तिगत तर्फ एनएमबि बैंक र एनआईसी एशिया बैंकले दिने छन् । सबैभन्दा बढी ब्याजदर दिने दुई बैंकले जेठ महिनामा एकवर्षको मुद्दति निक्षेपमा ७.८ प्रतिशत ब्याजदर दिने छन् ।

सबैभन्दा कम ब्याजदर नेपाल एसबिआई बैंकको रहेको छ । पछिल्ला महिनामा बैंकहरुले निक्षेपको ब्याजदर लगातार घटाएका छन् । जसले गर्दा कर्जाको ब्याजदर पनि निरन्तर ओरालो लागेको छ ।

 

 

 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal