Skip to content

एमजी ४ इभीले हात पार्याे २०२४ को उत्कृष्ट कारको उपाधि

काठमाडौं । नेपाली बजारमा प्रवेश गरेको थोरै समयमै नेपालीहरुको मन जित्न सफल एमजी कारले विश्व बजारमा पनि एकपछि अर्काे सफलता हात पार्दै आएको छ । यही क्रममा एमजी ४ इभीले हालै २०२४को उत्कृष्ट कारको उपाधि हात पारेको छ । न्युजिल्याण्डको प्रख्यात संचार कम्पनी स्टफद्वारा आयोजित ‘टप कारस् २०२४’ नामक अवार्ड समारोहमा निर्णायक मण्डलको मन जित्दै एमजी ४ इभीले शिर्ष उपाधि जित्न सफल भएको छ ।
निर्णायक मण्डलका एक सदस्य क्यामरुन अफिसरले भने, ‘एमजीको प्रशंसा गर्ने हामी पहिलो होइनौं । एमजी४को यो न्युजिल्यान्डमा मात्रै नवौं पुरस्कार जित हो ।’
गत वर्ष नेपाली बजारमा कदम राखेको पूर्णरुपमा विद्युतीय कार एमजी ४ इभी सहज यात्रा तथा किफायती मूल्यको लागि प्रसिद्ध छ ।
२०२२ मा बजारमा आएको एमजी४ इभीले ‘बेष्ट भ्यालू इलेक्ट्रिक कार २०२३’, ‘कार अफ द यर २०२३’, ‘बेष्ट भ्यालू इलेक्ट्रिक कार २०२२’, र टप गिएर अवार्ड २०२२ मा ‘बार्गेन अफ द यर’ जस्ता विभिन्न उपाधिहरु हासिल गर्दै आएको छ।
सय वर्ष लामो इतिहास बोकेको विश्वव्यापी रुपमा चर्चा कमाउन सफल बेलायति ब्राण्ड एमजिले नेपालमा पनि अत्याधुनिक प्रविधि, किफायति मूल्य, सहज यात्रा र वातावरण मैत्री विशेषताहरुले गर्दा लोकप्रियता कमाउँदै आएको छ।

३ सयभन्दा धेरै दक्ष इन्जिनियरहरुले युरोपेली इन्जिनियरिङ्ग प्राविधिक केन्द्रमा परिक्षण गरेर निर्माण गरेका एमजिका सवारी साधनहरु युरोपेली कानुन र ग्राहकहरुको मागको उचित सम्बोधन गर्नमा प्रसिद्ध छ । यसका साथै एमजी सवारी साधनका सम्पूर्ण भित्री तथा बाहिरी डिजाईनहरु बेलायतका प्रख्यात डिजाइनर तथा इन्जिनियरहरुले गर्छन् ।
एमजिको नेपालको लागि आधिकारिक वितरक एवम् आयातकर्ता पारामाउन्ट मोटर्स प्रा.लि.ले हाल नेपालमा एमजि४ ईभि, एमजि जेडएस इभी, एमजी कोमेट इभी गरी ३ वटा मोडेलका विद्युतिय र एमजि हेक्टर, एमजी एचएस, र एमजि एसटर गरी ३ वटा मोडेलका इन्धन गाडीहरु बिक्रि वितरण गर्दै आएको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal