Skip to content

केपी ओलीको भनाइलाई गभर्नर अधिकारीको काउन्टरः बैंकको नाफामा नेताले भ्रम फैलाए

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एव्म पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको भनाईलाई गभर्नर महाप्रसाद अधिकारीले काउन्टर गरेका छन् ।

मंगलबार अर्थसमितिको बैठकमा गभर्नर महाप्रसाद अधिकारीले नेताहरुबाट बैंकको नाफामा भ्रम फैलाउने काम भएको भन्दै असन्तुष्टी जनाए ।

“बैंकले नाफामा धेरै भ्रम रहेको पाइयो,”गभर्नर अधिकारीले भने,“बैंकको नाफा बढेको होइन घटेको छ।”

नेकपा एमालेका अध्यक्ष केपी ओलीले बैंक तथा वित्तीय संस्था साहुमहाजान जस्तो मिटरब्याजी भएको आरोप लगाएका थिए । गतसाता आयोजित एक कार्यक्रममा ओलीले बैंकलाई गाली गरेका थिए । यसभन्दा अगाडि पनि सार्वजनिक कार्यक्रममा ओलीले बैंकको नाफा बढी भएको भन्दै आलोचना गरेका थिए ।

गभर्नर अधिकारी केपी शर्मा ओली प्रधानमन्त्री भएको बेला गभर्नर नियुक्त भएका हुन् । राष्ट्र बैंकमा कार्यकारी निर्देशकबाट डेपुटी गभर्नर बनाउन समेत एमालेको समर्थनमा बनेका थिए । डेपुटी गभर्नरबाट अवकास पाएपछि अधिकारी लगानी बोर्डमा सीईओ बनाएका थिए । ओली प्रधानमन्त्री भएको बेला उनी लगानी बोर्डमा सीईओ बनेका थिए ।

 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal