Skip to content

४३ प्रतिशतले बढ्यो जीवन बीमा कम्पनीको नाफा, नाफामा नेपाल लाइफलाई एशियनले जित्यो

 

काठमाडौं । व्यापार व्यवसायको नाफा प्रभावित भएको बेला जीवन बीमा कम्पनीको नाफा ४३ प्रतिशतले बढेको छ ।

चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा गतवर्षको तुलनामा जीवन बीमा कम्पनीको नाफा ४३ प्रतिशतले बढेको हो ।

चालु आर्थिक वर्षको ९ महिनामा सञ्चालनमा रहेका जीवन बीमा कम्पनीले ४ अर्ब ९१ करोड नाफा गरेका छन् । गतवर्ष ९ महिनामा जीवन बीमा कम्पनीहरुको नाफा ३ अर्ब ४३ करोड रहेको थियो । सेयर बजारमा सरकारी लगानीको राष्ट्रिय बीमा संस्थान र विदेशी कम्पनीको शाखाको रुपमा सञ्चालनमा रहेको मेटलाइफ सूचिकृत रहेको छैन ।

सूचिकृत भएका संस्थाहरुको नाफा ४ अर्ब ७० करोड छ । गतवर्ष ३ अर्ब ३१ करोड थियो । जीवन बीमा कम्पनीहरुको नाफा एक्चुरी मुल्यांकन अगाडि हो । गत आर्थिक वर्षको वित्तीय विवरणको पनि जीवन बीमा कम्पनीहरुले एक्चुरी मुल्यांकन गर्न सकेका छैनन् । एक्चुरी मुल्यांकनपछि जीवन बीमा कम्पनीहरुको नाफा थपघट हुने छ ।

अपरिस्कृत वित्तीय विवरण हेर्दा यो पटक तेस्रो त्रैमासमा एशियन लाइफ इन्स्योरेन्सले नाफामा नेपाल लाइफ इन्स्योरेन्सलाई जितेको छ । एशियन लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षमा ६९ करोड ११ लाख नाफा गरेको छ । दोस्रोमा नेपाल लाइफ रहेको छ । नेपाल लाइफले ६० करोड नाफा गरेको छ ।

 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal