Skip to content

बुधबार सुनको मूल्य १ हजारले वृद्धि, कतिमा हुँदैछ कारोबार ?

 

काठमाडौं । नेपाली बजारमा साताको चौथो कारोबार दिन सुनको मूल्य १ हजार रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला १ लाख ३८ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार छापावाल सुन प्रतितोला १ लाख ३७ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज तेजावी सुन १ लाख ३७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार तेजावी सुन १ लाख ३६ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, बुधबार चाँदीको मूल्य ५ रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदीको मूल्य प्रतितोला १ हजार ७ सय ४० रुपैयाँमा कारोबार भएको थियो ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal