Skip to content

काठमाडौंका विभिन्न क्षेत्रमा भोलिदेखि ४ दिन विद्युत् सेवा अवरुद्ध हुने

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका अनुसार बिहीबारदेखि ४ दिनसम्म काठमाडौंका विभिन्न स्थानमा विद्युत आपूर्ति अवरुद्ध हुने भएको छ । विद्युत् प्राधिकरणका अनुसार प्राधिकरणको रत्नपार्क वितरण केन्द्र अन्तर्गतका विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि सम्बन्धित फिडरअन्तर्गतका विभिन्न स्थानमा बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म विद्युत अवरुद्ध हुने भएको हो ।

प्राधिकरणका अनुसार नयाँ बजार फिडरमा जेठ ३ गते, नयाँ बजार र क्षेत्रपाटी फिडरमा ५ गते, भीमसेनस्थान फिडरमा ६ गते र भीमसेनस्थान र त्रिपुरेश्वर फिडरका स्थानमा जेठ ८ गते विद्युत अवरुद्ध हुनेछ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal