Skip to content

प्रभु बैंकले प्रभु महालक्ष्मी लाइफको २१ लाख ९६ हजार कित्ता सेयर बेच्ने

काठमाडौं । प्रभु बैंकले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको २१ लाख ९६ हजार कित्ता सेयर बेच्ने भएको छ ।

प्रभु महालक्ष्मीमा प्रभु बैंकले बेच्न लागेको सहित २५ लाख कित्ता संस्थापक सेयर बिक्रीमा रहेको छ ।

कम्पनीमा प्रभु बैंक सहित व्यक्तिगत रुपमा रहेका सेयरधनीले २५ लाख ८४ हजार ६ सय २५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

कम्पनीले बुधबार एक सूचना प्रकाशित गरी प्रभु बैंकको स्वामित्वमा रहेको कम्पनीको २१ लाख ९६ हजार कित्ता, विराटकुमार श्रेष्ठको स्वामित्वमा रहेको १ लाख ४१ हजार ३ सय २५ कित्ता, विनिता उपाध्यायको स्वामित्वमा रहेको १ लाख कित्ता, यादवेन्द्र गौतमको स्वामित्वमा रहेको १ लाख ९ हजार ८ सय कित्ता र प्रजितराज पराजुलीको स्वामित्वमा रहेको ३७ हजार ५ सय कित्ता गरी कुल २५ लाख ८४ हजार ६ सय २५ कित्ता संस्थापक सेयर बिक्रीमा रहेको जनाएको छ । सूचना प्रकाशित भएको ३५ दिनभित्रमा विद्यमान संस्थापक सेयरधनीले सेयर किन्न सक्नेछन् । अहिलेका सेयरधनीले नकिनेमा यो सेयर संस्थापक बाहिरका व्यक्तिले किन्नेछन् ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal