Skip to content

योजना आयोगको अनुमान आगामी वर्षमा आर्थिक वृद्धि ६ प्रतिशत हुने

 

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८१र८२ मा ६ प्रतिशतको आर्थिक वृद्धि गर्ने लक्ष्य राखेको छ। आयोगले १६औं पञ्चवर्षीय आवधिक योजनामा पाँच वर्षमा औसत आर्थिक वृद्धिदर ७.१ प्रतिशत हासिल गर्ने लक्ष्य लिएको हो ।

मन्त्रिपरिषद्ले मंगलबार १६औं योजना पारित गरेको थियो । कार्यक्रममा आयोगका प्रवक्ता यमलाल भुसालले आवधिक योजना स्वीकृति गर्ने र कार्यान्वयन हुने दुर्लभ घटना भएको बताए । उनले भने, ‘६७ वर्षको अवधिमा पाँचवटा त्रिवर्षीय र १० वटा पञ्चवर्षीय योजना आएका छन् ।’ आयोगले बुधबार सोह्रौं योजना (०८१र८२–०८५र८६)को अन्तर्वस्तु सार्वजनिक गर्दै महत्वकांक्षी लक्ष्य लिएको हो ।

निजी क्षेत्रको व्यावसायिक कुशलता र उद्यमशीलता विकास, पुँजी र प्रविधिको उपलब्धतामा वृद्धि, सूचना प्रविधिको विकास र प्रयोगमा वृद्धि, र कृषि, ऊर्जा, पर्यटन र सूचना प्रविधिमा उच्च प्रतिस्पर्धी क्षमता र रोजगारी सिर्जनाका सम्भावना रहेको उनले बताए ।

उनका अनुसार सोह्रौं योजनाले विकास र समृद्धिका विद्यमान अवस्था र संभावनाहरू पहिचान गरेको बताए। उनले भने, ‘राजनीतिक नेतृत्व तह आर्थिक विकास र समृद्धिको मुद्दामा केन्द्रित छन् । तीन तहका सरकारको सक्रियता र आर्थिक–सामाजिक तथा पूर्वाधार विकासमा संलग्नता छन् ।’

 

 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal