Skip to content

आज नेप्से ९.५४ अंकले घट्यो, कारोबार ३ अर्ब ७० करोड

 

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार नेप्से ९.५४ अंकले घटेर २०१७.९७ अंकमा पुगेर बजार बन्द भएको छ ।

आज ३१५ कम्पनीको ८४ लाख ९० हजार ७ सय २२ कित्ता कारोबार हुँदा ३ अर्ब ७० करोड ८४ लाख ३० हजार ५५ रुपैयाँको कारोबार भएको छ । सबैभन्दा धेरै कारोबार पिपुल्स पावर कम्पनीको कारोबार भएको छ । कम्पनीको ११ करोड ८९ लाख ९५ हजार ३ सय ६४ रुपैयाँ ९० पैसाको कारोबार भएको छ । कम्पनीको सेयर प्रतिकित्ता ५ सय ४० रुपैयाँ १० पैसा कायम रहेको छ ।

आज ६५ कम्पनीको सेयर मूल्य बढ्दा १७२ कम्पनीको मूल्य घटेको छ भने ८ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । साथै, आज २ लघुवित्तको कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ गुराँस लघुवित्तको सेयरमा नकारात्मक सर्किट लागेको छ ।

 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal