Skip to content

भक्तपुर अस्पतालमा पाठेघर खस्ने रोगको निःशुल्क उपचार

nabil
global ime

भक्तपुर । भक्तपुर अस्पतालले पाठेघर खस्ने समस्या भएकाहरूको निःशुल्क उपचार एवं शल्यक्रियाको व्यवस्था गरेको छ । उक्त अस्पतालकी निर्देशक डा सुमित्रा गौतमले आजदेखि पाठेघर खसेकाहरूको निःशुल्क उपचार एवं शल्यक्रिया सुरु भएको राससलाई बताए ।

उनले भने, ‘धेरै महिला पाठेघर खस्ने समस्याबाट पीडित हुनुहुन्छ, कतिपयले लोकलाजका कारण रोग लुकाएका छन् भने कतिपयले आर्थिक समस्याका कारण शल्यक्रिया गर्न सकेकाका छैनन्, हामी त्यस्ता सबै बिरामीलाई रोग लुकाएर नबस्न आग्रह गर्दछौं ।’ आर्थिक अभावका कारण उपचारमा गराउन असमर्थहरूलाई निःशुल्क उपचार, शल्यक्रिया एवं उचित परामर्शको व्यवस्था गरिएको उनले जानकारी दिए ।

आफ्नै नेतृत्वमा पाठेघरको उपचार एवं शल्यक्रिया सुरु गरेको जानकारी दिँदै उनले अस्पतालले आजदेखि असारसम्म पाठेघरको उपचारमा निःशुल्क सेवा प्रवाह गर्ने बताए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima