Skip to content

३ श्रमिकको संस्थाद्वारा लाङटाङ हिमाल पदमार्गमा सरसफाइ गरिने

nabil bank

काठमाडौं । किङ, ट्राभलः पर्यटन क्षेत्रका श्रमिकको संस्था नेपाल ट्रे, र्याफ्टिङ, एयरलाइन्स श्रमिक युनियन (युनिट्राभ)ले लाङटाङ हिमालको आधार शिविर र पदमार्गको सरसफाइ गर्ने भएको छ ।

युनिट्राभले आज पत्रकार सम्मेलन गरी पदमार्ग क्षेत्रमा कार्यरत १७ श्रमिकको प्रत्यक्ष सहभागितामा लाङटाङ हिमाल क्षेत्रका पदमार्ग र आधार शिविर क्षेत्रमा सरसफाइ गर्ने जानकारी दिएको हो । पत्रकार सम्मेलनमा युनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले ‘हिमाल बचाऔं, जलवायु परिवर्तनको असर कम गरौँ’ अभियानका साथ यही जेठ ४ गतेदेखि १६ गतेसम्म लाङटाङ हिमालको आधार शिविर र पदमार्गमा सरसफाइ गर्न लागिएको जानकारी दिए ।

‘जलवायु परिवर्तनको असर कम गरौँ, हिमाललाई बचाइ राखौँ र मानव जीवनलाई बचाइ राखौँ उद्देश्यका साथ सरसफाइ अभियान गर्न लागेका हौँ’, अध्यक्ष पराजुलीले भने । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) र युनिट्राभ तथा नेदरल्यान्डको सहयात्री ट्रेड युनियन एफएनभीसँगको सहकार्यमा लाङटाङ हिमाल जाने पदमार्ग र हिमालको आधार शिविरसम्म सरसफाइ गर्न लागिएको हो ।

पर्वतीय पर्यटन क्षेत्रमा कार्यरत श्रमिकको हक, अधिकारसहित मर्यादित काम र ज्यालाको विषयमा २०४० सालमा स्थापना भएको युनिट्राभले यसअघि सगरमाथा, अमादब्लम, मेरा पिक, मनास्लु, लाङटाङ, अन्नपूर्ण, धौलागिरि, गौरीशङ्करलगायतका हिमालका आधार शिविर तथा पदमार्गमा सरसफाइ गरिसकेको छ ।

‘स्वच्छ हावापानी, स्वच्छ जीवन, हाम्रो अधिकार’ नारासहित यसअघि त्रिशूली, भोटेकोशी, फेवाताल, शालीनदी, बागमतीलगायत नदीमा सरसफाइ गरिसकेको अध्यक्ष पराजुलीले बताए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi