Skip to content

द्वन्द्व अन्त्यका लागि इरानले सार्यो छ सर्त

काठमाडौं । तेहरानले अमेरिका–इजरायली आक्रमणको प्रतिक्रियामा पूर्व–योजनाबद्ध, बहु–चरणीय रणनीति बनाइरहेको र द्वन्द्व अन्त्यका लागि छवटा सर्तहरू राखेको इरानका एक वरिष्ठ अधिकारीले बताएका छन् ।

नाम नबताउने सर्तमा ती अधिकारीले भने, “महिनौं पहिले तयार गरिएको रणनीति ‘उच्च रणनीतिक धैर्यताका साथ’ कार्यान्वयन भइरहेको छ। इरानले आफ्नो पूर्वाधार, सेवा सुविधा र रणनीतिक स्थानहरूमा आक्रमण गरेपछि चाँडै युद्धविराम हुने अपेक्षा नगरेको पनि उनले बताए।

धेरै क्षेत्रीय अभिनेता र मध्यस्थकर्ताहरूले द्वन्द्व अन्त्यका लागि उपायहरू प्रस्ताव गरेका छन्, ती अधिकारीले भने।

तेहरानले कुनै पनि सम्झौताअघि नयाँ आक्रमण नहुने सुनिश्चितता, यस क्षेत्रमा अमेरिकी आधार बन्द गर्ने, इरानलाई क्षतिपूर्ति, क्षेत्रीय मोर्चामा शत्रुताको अन्त्य, ‘स्ट्रेट अफ हर्मुज’का लागि नयाँ कानुनी ढाँचा र इरानप्रति शत्रुतापूर्ण मानिने मिडिया र व्यक्तित्वहरू विरुद्ध कानुनी कारबाहीसहित पूरा गर्नुपर्ने छवटा सर्त राखेको छ ।

फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले तेहरान र अन्य इरानी शहरहरूमा संयुक्त आक्रमण गर्दा इरानका तत्कालीन सर्वोच्च नेता अली खामेनी, वरिष्ठ सैन्य कमान्डर र नागरिकहरू मारिए। इरानले यसको इजरायल र मध्यपूर्वमा अमेरिकी आधार र सम्पत्तिलाई लक्षित गरी मिसाइल र ड्रोन आक्रमणको श्रृङ्खलासहित प्रतिक्रिया दिएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T