Skip to content

बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारको सेयर लगानी गर्न थप सजिलो

काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई सेयर बजारमा लगानी गर्न केही सहज नीति राष्ट्र बैंकले लिएको छ ।

बैंक तथा वित्तीय संस्थालाई सेयर किनेर बेच्नको लागि विगतका कडा नीति लिएको राष्ट्र बैंकले यसलाई सहज बनाएको हो । बैंक तथा वित्तीय संस्थाले बैंक तथा वित्तीय संस्था बाहेकको सेयर दोस्रो बजारबाट किन्न पाउँछन् ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुको १ वर्ष अवधि व्यतीत भईसकेका लगानी मध्येबाट एक आर्थिक वर्षमा आफ्नो प्राथमिक पुँजीको २० प्रतिशतसम्म बिक्री गर्न पाउने व्यवस्था मिलाइने उल्लेख गरेको छ ।

सेयर बजारका जानकारहरु बैंक तथा वित्तीय संस्थासँग पैसा रहेको र २० प्रतिशतसम्म सेयर बेच्न पाइने नीतिले बजारमा खरिदकर्ता बढ्ने अनुमान छ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal