Skip to content

सामुदायिक लघुवित्तको सेयर नेप्सेमा सूचीकृत

 

काठमाडौं । सामुदायिक लघुवित्तको २ लाख ५६ हजार ५० कित्ता सेयर शुक्रबार नेप्सेमा सूचीकृत भएको छ ।

साविकको सामुदायिक र बीपीडब्लू लघुवित्त एक आपसमा मर्ज भएपछि सामुदायिक लघुवित्तको नाममा सूचीकरण भएको हो । यी २ कम्पनी १ः०.८५३५ सेयर स्वाप अनुपातमा मर्ज भएका हुन् । सोही स्वाप रेसियोका आधारमा कायम भएको सेयर नेप्सेमा सूचीकृत भएको हो ।

यता, मर्जरपछि बनेको सामुदायिक लघुवित्तको पहिलो कारोबारका लागि ८८३ रुपैयाँ ९७ पैसा तोकिएको छ । सोही मूल्यलाई आधार मानेर आइतबार यसको सेयर कारोबार खुला हुनेछ ।

 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal