Skip to content

डर्टबाइक रेसिङको उत्कृष्ट प्रदर्शनीमा टिकटिङ आइएमई पेबाट

काठमाडौं । आइएमई पे एपबाट डीटीएमएक्स ९७७ च्याम्पियनसिप सिरिज फिनालेको टिकट खरिद गर्न मिल्ने भएको छ ।  शनिबर धुलिखेलमा हुन गइरहेको डीटीएमएक्स ९७७ च्याम्पियनसिप सिरिजको फाइनल रेसमा आइएमई पे एपमार्फत टिकट खरिद गर्न मिल्ने भएको छ ।

एलिट तथा ओपन वर्गमा हुने रेसहरूमा विजेताहरूले क्रस फायर ट्राकर २५० डर्ट मोटरसाइकल र टिमसन एमएक्स रेसिङ टायर्स् जित्नेछन् भने दुवै वर्गका शीर्ष  दाबेदारहरूले एसर्बिस् रेसिङको उत्कृष्ट गियरहरू जित्नेछन् ।
उक्त डर्ट बाइक रेसिङ सँगसँगै यस कार्यक्रममा दीपक बज्राचार्य र रिदम ब्यान्ड, सुदेश्ना  सेन, अब्लिभियस ब्यान्ड, देवेन्द्र बब्लु एन्ड द फिरन्ते लगायतका कलाकारहरूको साङ्गीतिक प्रदर्शनी पनि रहेको छ ।

उक्त कार्यक्रममा बिभिन्न सांगीतिक ब्यान्डहरू सँगै, मोटोक्रस प्रतिस्पर्धा, लाइभ सङ्गीत प्रदर्शन र धेरै उपहारहरूले भरिएको एड्रेनालाईन पम्पिङ दिनको निम्ति टिकटहरु आइएमई पे एपमा ५ सय रुपैयाँमा खरिद गर्न सकिन्छ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal