Skip to content

एकै दिन सुनको मूल्य तोलामा १६ सयले वृद्धि, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपाली स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा १ हजार ६ सयले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन शुक्रबार तोलामा १ लाख ३९ हजार तीन सयमा कारोबार भएकामा आजका लागि भने १ लाख ४० हजार ९ सय निर्धारण गरिएको छ ।

यस्तै, तेजाबी सुन शुक्रबार प्रतितोला १ लाख ३८ हजार छ सय ५० रुपैयाँ मा कारोबार भएकामा आजका लागि भने १ लाख ४० हजार २ सय रुपैयाँ निर्धारण भएको छ ।

त्यस्तै, आज चाँदी १ सय १० रुपैयाँले बढेर प्रतितोला १ हजार ९ सय १० रुपैयाँमा पुगेको छ । भने अघिल्लो दिन चाँदी १ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal