Skip to content
Prabhu

मनाङमा ८ महिनामा ९५० सवारीचालक कारबाहीमा

nabil

मनाङ । मनाङमा आठ महिनामा ९ सय ५० सवारीचालक कारबाहीमा परेका छन् । आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा ५६ ट्रक, ८ सय ३४ कार÷ जिप, ५० ट्याक्टर र दश मोटरसाइकल गरी सवारीचालक कारबाहीमा परेका हुन् ।

प्रहरी नायब उपरीक्षक एवं प्रमुख नरेशकुमार सिंहले कारबाहीबाट रु ९ लाख ९३ हजार पाँच सय रुपैयाँ राजस्व सङ्कलन भएको छ । त्यसमध्ये ट्रक कारबाहीबाट ५१ हजार, कार जीपबाट आठ लाख २९ हजार पाँच सय रुपैयाँ , ट्याक्टर कारबाहीबाट ५२ हजार रुपैयाँ, मोटरसाइकल कारबाहीबाट सात हजार रुपैयाँ राजस्व सङ्कलन भएको उनले बताए।

चालु आवको साउनमा ८० सवारीचालकबाट ८१ हजार पाँच सय रुपैयाँ, भदौमा ६७ बाट ६५ हजार रुपैयाँ, असोजमा एक सय ४५ बाट एक लाख ४८ हजार पाँच सय रुपैयाँ र कात्तिकमा दुई सय ९१ सवारीचालक कारबाहीबाट २ लाख ९५ हजार पाँच सय रुपैयाँ राजस्व संकलन भएको छ ।

यस्तै,  मङ्सिरमा एक सय ७५ सवारीचालकबाट १ लाख ६६ हजार रुपैयाँ, पुसमा ४३ बाट ३८ हजार पाँच सय रुपैयाँ, माघमा १५ बाट ११ हजार पाँच सय रुपैयाँ, फागुनमा ४२ बाट ३४ हजार र चैतमा ९२ सवारीचालक कारबाहीमा परेकाले ९९ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको प्रहरीले जनाएको छ ।

मनाङमा कम सवारीसाधन सञ्चालन हुने गरे पनि कानुनी तथा ट्राफिक नियम पालना नगर्दा कारबाहीमा पर्ने गरेका छन् । त्यसैले ट्राफिक नियमको पालना गर्न जिल्ला प्रहरी कार्यालयले सबैलाई अनुरोध गरेको छ ।

समय समयमा ट्राफिक नियमको पालना गराउने उद्देश्यले विद्यालयस्तरीय कार्यक्रम तथा स्थानीयस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गरिएको प्रमुख सिंहले बताए। उनले भने, ‘मनाङजस्तो विकट ठाउँमा सवारी कारबाही गर्न नपर्ने गरी ट्राफिक नियमको पालना गराउनमा प्रहरी लागिपरेको छ । यसलाई थप व्यवस्थित गर्दै लैजाने छौँ ।’

Prabhu
maruti cement
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal