Skip to content

मुक्तिनाथ कृषि कम्पनीको नाफासँगै उल्लेख्य बढ्यो आम्दानी

काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरणअनुसार कम्पनीको खुद नाफा २०८०/८१ को सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले १० करोड ५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ३६२.४९ प्रतिशत बढी हो। २०८०/८१ को सोही अवधिसम्ममा कम्पनीले २ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

उक्त कम्पनीको आम्दानी बढेको र खर्च घटेका कारण खुद नाफा उल्लेख्य बढ्न पुगेको हो। समीक्षा अवधिमा कम्पनीको सञ्चालन आमदानी ८.४६ प्रतिशत बढेको छ भने कुल आम्दानी ४७.२१ प्रतिशत बढेको छ। कम्पनीको कुल खर्च भने समीक्षा अवधिमा १४.५५ प्रतिशत घटेको छ।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ११ रुपैयाँ २६ पैसा बढेर १४ रुपैयाँ ३६ पैसा पुगेको छ।

गत असार मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १०४.१२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ३ पैसा रहेको छ। ७० करोड रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको अन्य इक्विटी ६ करोड ३२ लाख रुपैयाँ रहेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima