Skip to content

वैशाख महिनामा ७० हजार बढी गए वैदेशिक रोजगारमा

 

काठमाडौं । वैशाख महिनामा ७० हजार बढीले नेपाली युवा रोजगारीको खोजीमा बिदेसिएका छन् । वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार वैशाख महिनामा ७० हजार ६ सय ३७ जनाले रोजगारीका लागि विदेश गएका हुन् ।

यो चैत महिनाको भन्दा केही कमी हो । अघिल्लो महिना श्रम स्वीकृति लिएर विदेश जाने नेपालीको संख्या ७० हजार ९ सय ३३ जना रहेको थियो । वैशाख महिनामा ६४ हजार १० जना पुरुष र ६ हजार ६ सय २७ जना महिला नयाँ र पुरानो श्रम स्वीकृति लिएर विदेश गएको विभागको तथ्यांकले देखाएको छ ।

वैशाख महिनामा नेपालबाट श्रम स्वीकृति लिएर ९४ देशमा रोजगारीका लागि गएका छन् । श्रम स्वीकृति लिएर जाने नेपालीमध्ये अधिकांश खाडी र मलेसिया गएका छन् । वैशाख महिनामा नेपालबाट सबैभन्दा बढी श्रम स्वीकृति लिएर रोजगारीका लागि मेलेसिया गएका छन् । एक महिनाको अन्तरमा रोजगारीको खोजिमा मलेसिया जाने नेपालीको संख्या १६ हजार ९ सय ४९ जना रहेको छ । मलेसिया पछि धेरै नेपाली रोजगारीका लागि युएइ गएका छन् । वैशाख महिनामा १६ हजार ५ सय १२ जना नेपाली रोजगारीको लागि युएइ गएका छन् ।

त्यस्तै वैशाख महिनामा श्रम स्वीकृति लिएर रोजगारीका लागि कतार जाने नेपालीको संख्या ११ हजार १ सय ७ जना रहेको छ । त्यस्तै साउदी अरब जानका लागि ११ हजार ६१ जनाले श्रम स्वीकृति लिएको विभागको तथ्यांकले देखाएको छ । त्यस्तै कुबेतमा रोजगारीका लागि ३ हजार ३ सय ८७ जना, क्रोयसीयाले १ हजार ७ सय १० जना रोमानिया १ हजार ८४ जना र जापनमा १ हजार २ सय ९८ जना रोजगारीका लागि गएका छन् ।

एक महिनाको अवधिमा उच्च दक्षता हासिल गरेका ७० जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । त्यस्तै ३ सय ५४ जना व्यवसायीक दक्षता भएका र सेमि स्केल भएका ५ हजार ४ सय २० जना रहेका छन् । यो अवधिमा ५२ हजार १७७ जना स्किल भएका व्यक्ति र १२ हजार ६ सय १६ जना अदक्ष श्रमिक विदेश गएका छन् ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal