Skip to content

मौद्रिक नीतिको समीक्षापछि सेयर बजारमा हरियाली, कारोबार रकम ५ अर्ब माथि

 

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षा पछिको पहिलो दिन सेयर बजारमा हरियाली छाएको छ । कारोबार हुने साताको पहिलो दिन सेयर बजारमा ४५ अंकभन्दा बढीले सुधार आएको हो ।

आइतबार सेयर बजारमा ४५ दशमलव ६९ अंकको सुधार आएको हो । गत हप्ता पनि सेयर बजारमा २.६ प्रतिशतको वृद्धि भएको छ । आज ४५ दशमलव ४५ अंकले बढेको नेप्से परिसूचक २०६४ दशमलव ४५ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १७४ कम्पनीको सेयर मूल्य बढेको छ भने ६४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

सेयर बजारमा ३२३ कम्पनीका १ करोड २२ लाख ४० हजार कित्ता शेयर ७४ हजार ९९१ पटकको खरिद बिक्री भएको छ । नेप्से सँगै आज कारोबार रकम पनि ५ अर्ब माथि पुगेको छ । आइतबार शेयर बजारमा ५ अर्ब २५ करोड १० लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ३९ अंकले बढेको छ ।

 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal