Skip to content

९ महिनामा २ करोड बढीको भेप्स आयात

 

काठमाडौं । चालु आर्थिक वर्षको चैत मसान्तसम्म २ करोड रुपैयाँ भन्दा बढीको इलेक्ट्रिक सिगरेट (भेप्स) आयात भएको छ । चालु आर्थिक वर्षको नौ महिनाको अवधिमा २ करोड १७ लाख २५ हजार रुपैयाँ भेप्स आयात भएको हो ।

भन्सार भिागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको साउन देखि चैत मसान्तसम्म १ लाख ४५ हजार ७१ थान भेप्स आयात भएको छ । पछिल्लो सयम विद्युतीय चुरोटमा युवाहरुको आक्रषण बढीरहेको छ । नेपालमा मुख्यगरी चीन, हङकङ, भारत, कोरिया, मलेसिया, युएई, क्यानाडा, जर्मनी, थाइल्याण्ड, युके र अमेरिकाबाट यस्तो चुरोट आयात हुने गरेको छ । परिमाणको हिसाव हेर्ने हो भने ९० प्रतिशतभन्दा बढी भेप्स चीनबाट आयात भएको देखिएको छ ।

विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष २०७९÷८० मा २ करोड १३ लाख ९८ हजार रुपैयाँबराबरको ३२ लाख २८ हजार १९९ वटा विद्युतीय चुरोट आयात भएको थियो । अघिल्लो आर्थिक वर्ष २०७८÷७९ मा भने ३ करोड ३६ लाख ७६ हजार रुपैयाँबराबरको ६ लाख १४ हजार ३५६ वटा यो चुरोट आयात भएको थियो ।

छिमेकी मुलुक भारतमा भने यो विद्युतीय चुरोटको आयात, बिक्री वितरण र प्रयोग गर्न भने पूर्ण रुपमा प्रतिबन्ध लागेको छ । भारतमा यो चुरोट प्रयोग गर्दै गरेको फेला परेमा ३ वर्षको जेल सजायको व्यवस्था गरिएको छ । यसको साथै ५ लाख रुपैयाँसमेत जरिवाना गर्ने व्यवस्था भारतले गरेको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal