Skip to content

सोमबारसम्म राष्ट्रियसभाको बैठक स्थगित

 

काठमाडौं । राष्ट्रियसभाको बैठक सोमबारसम्म स्थगित भएको छ । आइतबार दिउँसो १ बजेर १५ मिनेटका लागि तोकिएको बैठक विशेष कारणवश सारेर आजै ३ बजेर १५ मिनेटको लागि निर्धारण भएकामा अध्यक्ष नारायण दाहालले फेरि सोमबार दिउँसो १ बजेर १५ मिनेटसम्मका लागि स्थगित गरेका हुन् ।

सत्ता पक्ष र प्रतिपक्षबीच सहकारी ठगीको विषयमा छानबिन समिति बनाउने सहमति भए पनि टीओआरमा नबनिसकेकाले नभएकाले बैठक स्थगित गरिएको बताइएको छ । टीओआरबारे दलहरू निरन्तर छलफलमा छन् ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal