Skip to content

श्रीलंकामा आर्थिक संकटका कारण रोकिएको विद्यार्थीको स्वास्थ्य बिमा कार्यक्रम पुनः सुरु

कोलम्बो । श्रीलंकामा आर्थिक संकटका कारण स्थगित गरिएको ‘सुरक्षा’ नामक विद्यार्थी बीमा कार्यक्रम पुनः सञ्चालन गर्न आदेश दिएको राष्ट्रपतिको सञ्चार महाशाखाले आइतबार जनाएको छ ।
असारको पहिलो हप्तादेखि देशभरका सबै विद्यालयका विद्यार्थीले पुनः एकपटक यो बीमा योजनाबाट लाभ लिन सक्ने छन् ।

अर्थ, आर्थिक स्थायित्व र राष्ट्रिय नीतिमन्त्रीको जिम्मेवारीसमेत सम्हाल्दै आउनुभएका राष्ट्रपति विक्रमासिङ्घेले शिक्षामन्त्रीसँग प्रस्तुत गरेको संयुक्त पत्रलाई सरकारले हालै स्वीकृत गरेको छ ।

सन् २०१७ मा लागू गरिएको ‘सुरक्षा’ बीमाको उद्देश्य स्वास्थ्य समस्याबाट प्रभावित विद्यार्थीहरूको लागि निरन्तर शिक्षा सुनिश्चित गर्नु र विद्यार्थी सुरक्षाको प्रत्याभूत गर्दै विद्यालयमा धेरैभन्दा धेरै बालबालिकाको उपस्थिति सुनिश्चित गर्नु रहेको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal