Skip to content

म्यानले जेठ १८ गते सीईओ कन्फरेन्स आयोजना गर्ने

काठमाडौं । नेपाल व्यवस्थापन संघले आगामी जेठ १८ गते ‘सीईओ कन्फरेन्स’ गर्ने भएको छ ।

संघले कोभिङ–१९ महामारी, अनिश्चितता तथा जोखिमले अर्थतन्त्रलाई गाँजिरहेको सन्दर्भमा यस सम्मेलनले वैश्विक मुद्दाहरू सम्बोधनका लागि नेपालको व्यवस्थापनका सन्दर्भमा नवप्रवर्तनमा आधारित सोच, ज्ञान, व्यवहारिक पहलहरूको आदानप्रदान र सहकार्यका लागि मञ्च उपयोगी हुने विश्वास व्यक्त गरेको छ ।

संघका अध्यक्ष मोहनराज ओझा निर्णय गर्ने तहमा रहेका निजी क्षेत्रका उच्च व्यवस्थापकलाई ध्यानमा राखेर सम्मेलन गर्न आयोजना गर्न लागिएको जानकारी दिए । ‘यी परिवर्तनहरूलाई सही मानसिकता तथा पहललाई आत्मसात गरी कामको भविष्य सिर्जना गर्न सकिन्छ, भन्ने दृष्टिकोणसहित नेपाल व्यवस्थापन संघले ’सीईओ कन्फरेन्स’ आयोजना गर्न लागेको हो,’ नेपाल व्यवस्थापन संघका अध्यक्ष मोहनराज ओझाले भने । सम्मेलनको मुख्य विषयवस्तु ’कामको भविष्य परिवर्तित परिदश्य आत्मसात’ रहेको छ । सम्मेलनको मुख्य उद्देश्य सरोकारवालालाई प्रविधि, उदयमान उद्योग, नवप्रवर्तनमा आधारित व्यावसायिक मोडलद्वारा परिचालित परिवर्तित कार्यस्थलको भविष्य कसरी आत्मसात गर्न अन्वेषण गर्न सहयोग गर्नु रहेको छ ।

सम्मेलनको संयोजकमा नर्भिक अस्पतालका प्रमुख कार्यकारी अधिकृत अजय मिश्र रहेका छन् ।

सम्मेलनमा चार विषयगत सत्रहरू सञ्चालन हुने उनले जानकारी दिए। पहिलो सत्र सम्मेलनको मुख्य विषवस्तुमा आधारित छ भने दोस्रो सत्रमा सफलताका कथाः शून्यदेखि आकाशसम्म, तेस्रो सत्र अस्थिर, अनिश्चित, जटिल र अस्पष्ट विश्वमा सफलता हासिल गर्ने रणनीतिमा आधारित छ भने अन्तिम सत्र डिजिटल रूपान्तरणसम्बन्धी रहेका छन् ।

कार्यक्रमका मुख्य वक्ताहरू स्ट्राटेजाका संस्थापक एवं ग्लोबल म्यानेजिङ पार्टनर इयान पालिस्टर, इन्भेष्ट इन्डियाका सीईओ दिपक बागला, एम२पी फिनटेकका प्रमुख सञ्चालन अधिकृत प्रभु रंगराजन र फ्युज मेसिनका संस्थापक डा. समीर मास्के रहेका छन् ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal