Skip to content

५५ प्रतिशतले बढ्यो निर्जीवन बिमा कम्पनीको नाफा, सेयर बेच्दा फाइदा

काठमाडौं । निर्जीवन बीमा कम्पनीले ५५ प्रतिशतले नाफा बढाउन सफल भएका छन् । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा निर्जीवन बीमा कम्पनीले गतवर्षको तुलनामा ५५ प्रतिशतले नाफा बढाएका हुन् ।

चालु अर्थिक वर्षको ९ महिनामा सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीको नाफा ५ अर्ब ८५ अर्ब नाफा कमाएका छन् । गतवर्ष निर्जीवन बीमा कम्पनीको नाफा ३ अर्ब ७७ करोड थियो ।

अहिले १४ वटा निर्जीवन बीमा कम्पनी सञ्चालनमा रहेका छन् । जसमा दुईवटा नेशनल र ओरियन्टल इन्स्योरेन्स सेयर बजारमा सूचिकरण छैनन् ।

निर्जीवन बीमा कम्पनीले यो पटक नाफा बढाउनको लागि आफूले गरेको लगानी बिक्री गरेका छन् । पुर्नबीमा कम्पनी नेपाल पुनर्बीमा कम्पनीमा संस्थापक सेयर लगानी गरेका कतिपय कम्पनीले सेयर बिक्री गरेर नाफा बढाएका हुन् । अर्थिक गतिविधिमा शिथिलता देखिएको कारण व्यवसायको आकार भने गतवर्षको तुलनामा बढ्न सकेको छैन ।

चालु आर्थिक वर्षको ९ महिनामा सबैभन्दा बढी नाफा सगरमाथा लुम्बिनी इन्स्योरेन्सले गरेको छ । सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स मर्जर भएर सगरमाथा लुम्बिनी इन्स्योरेन्सको रुपमा कारोबार शुरु गरेको थियो । सगरमाथाले चालु अर्थिक वर्षमो ९ महिनामा ६७ करोड नाफा गरेको छ । यस्तै दोस्रोमा रहेको नेपाल इन्स्योरेन्सले ६१ करोड,हिमालयन एभरेष्टले ६० करोड,सिद्धार्थ प्रिमियमले ६० करोड,आइजीआई प्रुडेन्सियलले ४६ करोड गरेको छ ।

प्रभु इन्स्योरेन्सले ३९ करोड,शिखरले ३९ करोड,नेकोले ३७ करोड,युनाइटेड अजोडले २७ करोड,सानिमा जीआईसीले २० करोड नाफा गरेको छ । नेशनलले १४ करोड र एनएलजीले १३ करोड नाफा गरेको छ ।

 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal