Skip to content

जावलाखेल
 ग्रुपका राजबहादुर शाहले
 गोर्खा ब्रुअरीको सेयर किन्ने, खेतानले सेयर बेच्ने

काठमाडौं । बियर उत्पादक कम्पनी गोर्खा ब्रुअरीमा खेतान समूहको सेयर किनेर प्रवेश गर्ने तयारी जावलाखेल ग्रुप अफ कम्पनीका राजबहादुर शाहले गरेका छन् ।

गोर्खा ब्रुअरीमा अहिले ९० प्रतिशत सेयर स्वामित्व सिंगापुरमा रहेको कम्पनीसँग काल्र्सबर्ग साउथ एसियामा रहेको छ ।

१० प्रतिशत सेयर स्वामित्व राजेन्द्र खेतान सहित केही नेपाली व्यवसायीसँग रहेको छ ।

जसको ६६.७ प्रतिशत सेयर स्वामित्व कार्ल्सबर्ग ग्रुपसँग छ भने ३३.३ प्रतिशत स्वामित्व खेतान ग्रुपका सीपी खेतानसँग छ ।

भारतमा रहेको कार्ल्सबर्ग  इन्डियाको स्वामित्व कार्ल्सबर्ग  साउथ एसियासँग छ । गतवर्ष काल्सबर्ग ग्रुपले सीपी खेतानको सेयर खरिद गर्ने जनाएको छ । करिब १ खर्ब नेपाली रुपैयाँमा यो डिल हुन लागेको थियो ।

खेतान समूहले बेच्ने सेयर जावलाखेल ग्रुप अफ कम्पनीका राजबहादुर शाहले खरिद गर्ने गरी काल्सबर्ग ग्रुपले सेयर बिक्रीको अफर दिएको थियो ।

स्रोतका अनुसार जावलाखेल ग्रुपले कार्ल्सबर्ग दिएको अफरमा आफ्नो जवाफ काल्सबर्गलाई पठाएको छ । त्यसपछि भने थप प्रक्रिया अगाडि बढेको स्रोतको दाबी छ ।

‘जावलाखेल ग्रुपलाई गोर्खा ब्रुअरीको खेतान समूहको नाममा रहेको सेयर किन्ने अफर आएको हो,’ ग्रुपसँग सम्बन्धित स्रोतले भन्यो, ‘जावलाखेलले पठाएको पत्रपछि भने थप जवाफ काल्सबर्गबाट आएको छैन ।’

डिल अगाडि बढेको हुँदा कुरा मिल्यो भने केही साताभित्रमा सेयर खरिदबिक्रीका लागि सम्झौता हुनसक्छ ।

स्रोतका अनुसार काल्सबर्गले जावलाखेललाई नेपाल र भारतको सहित सेयर किन्ने अफर दिएको छ । कानुनी रुपमा नेपालीलाई विदेशमा लगानी गर्न प्रतिबन्ध लागेको हुँदा भारतको सेयर खरिद गर्न भने घुमाउरो बाटो लिनुपर्ने बाध्यता जावलाखेल ग्रुपलाई रहेको छ ।

काल्सबर्ग ग्रुपले सीपी खेतानले व्यवसायिक ढंगले काम नगरेको भन्दै उनीसँग साझेदारी तोड्ने निर्णय गरेको हो । अहिले काल्सबर्गले जावलाखेलाई अफर गरेको सेयर पनि सीपी खेतानले बेच्न लागेको सेयर हो ।

जावलाखेल ग्रुप नेपालमा मदिरा व्यवसाय पुस्तौती गर्ने ग्रुपभित्र पर्छ । विजयबहादुर शाह हुँदै अहिले उनका छोरा राजबहादुर शाहले कम्पनीलाई अगाडि बढाएका छन् । ग्रुप अन्तर्गत एक दर्जनभन्दा बढी मदिराका कम्पनी छन् । ग्रुपले रुस्लान भोड्का,गोल्डेनवल लगायतका मदिरा उत्पादन गर्छ ।

मदिरामा उद्योग सफल भए पनि बियरमा भने लगानी अनुसार व्यवसाय अगाढि बढाउन सकेको छैन । ग्रुपले जर्मन बियर ‘वास्र्टटाइनर’को उत्पादन निकै खर्च गरेर नेपालमा सुरु गरेको थियो ।

जर्मन बियर ‘वास्र्टटाइनर’ नेपालमा व्यवसायिक हिसाबले असफल जस्तो भएको थियो । त्यसपछि ग्रुपले अमेरिकन बियर बर्डबाइजरलाई नेपालमा भित्राएको छ । बर्डबाइजर छोटो समयमा नै लोकप्रिय बनेको थियो । जावलाखेल ग्रुपको कारोबार २० अर्बभन्दा बढी रहेको छ ।

गोर्खा ब्रुअरी खेतान ग्रुपले काल्सबर्ग ग्रुपसँगको साझेदारीमा शुरु गरेको कम्पनी हो । जसले काल्सबर्ग, टुबोर्ग, गोर्खा लगायतका ब्राण्डमा बियर उत्पादन गर्छ । बियर बजारमा गोर्खा ब्रुअरीको हिस्सा करिब ६० प्रतिशत रहेको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal