Skip to content

गृहमन्त्रीले लगाएका आरोप कपोलकल्पितः कांग्रेस

nabil
global ime

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता देखिएको आरोप लगाउँदै निष्पक्ष र स्वतन्त्र छानबिनका लागि संसदीय समिति गठनको माग पुनः दोहोर्याएको छ ।

कांग्रेस सदंसदीय दलको आज संसद भवन नयाँ बानेश्वरमा बसेको बैठकले सहकारीको रकम अपचलनमा गृहमन्त्री लामिछाने संलग्न रहेको स्पष्ट प्रमाण देखिएको जनाउँदै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्न पुनः माग गरेको हो । बैठकपछि सञ्चारकर्मीसंग कुराकानी गर्दै कांग्रेस प्रमुख सचेतक रमेश लेखकले सहकारीमा गृहमन्त्री लामिछानेको संलग्नताको विषय सञ्चारमाध्यममा आएको विषय मात्र नभइ प्रहरीले छानबिन गरेको र जिल्ला अदालतमा दायर गरेको अभियोगको विषय भएको जानकारी दिए ।

उनले भने, ‘सहकारीको रकम अपचलनमा छानबिन गर्न र संलग्नलाई कडा कारबाही गर्न स्वतन्त्र निष्पक्ष समिति गठन गर्नुपर्ने भन्ने हाम्रो बटम लाइन हो । प्रतिनिधिसभाको आइतबारको बैठकमा गृहमन्त्री लामिछानेले लगाएका आरोप असत्य, भ्रामक र कपोलकल्पित हुन् ।’

प्रमुख सचेतक लेखकले गृहमन्त्री लामिछानेले सदनमा अर्कालाई प्रश्न गर्ने होइन, आफूमाथि उठेका प्रश्नको जवाफ दिने हो भने । गृहमन्त्री लामिछानेको गैरजिम्मेवार भनाइ र प्रस्तुतिका सन्दर्भमा कांग्रेसले प्रधानमन्त्रीकोसमेत ध्यानाकर्षण गराउने निर्णय गरेको छ । बैठकले गृहमन्त्री लामिछानेले लगाउनुभएका आरोपलाई निष्पक्ष र स्वतन्त्र छानबिन गरी प्रमाणित गर्न खुला रहेकोसमेत निर्णय गरेको प्रमुख सचेतक लेखकले बताए।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima