Skip to content

सुनको मूल्यले कायम गर्यो नयाँ रेकड, तोलामा ९ सयले बढ्यो, अब तोलाको कति ?

काठमाडौं । सोमबार सुनको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ । अघिल्लो दिन पनि सुनको मूल्यलेले नयाँ रेकर्ड कायम गरेको थियो । अघिल्लो दिनको रेकर्डलाई तोड्दै सुन तोलामा १ लाख ४१ हजार ८०० पुगेको छ ।

अघिल्लो दिन १ लाख ४० हजार ९०० रुपैयाँ रहेको रहेको सुनको मूल्य आज तोलामा ९०० रुपैयाँले मंहगो भएको हो । आइतबार सुन तोलामा १ हजार ६०० रुपैयाँले महंगो भएको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सोमबार तेजाबी सुन १ लाख ४१ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबार तेजाबी सुन १ लाख ४० हजार २५० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज जाँदीको मूल्य ३० रुपैयाँले मंहगो भएको छ । अघिल्लो दिन १ हजार ९१० रुपैयाँ तोला रहेको सुनको मूल्य आज १ हजार ९४० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal