Skip to content

सूर्योदय वोमी लघुवित्तको साढे १ लाख कित्ता सेयर बिक्रीमा

 

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ५० हजार ८ सय १ कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

संस्थापक सेयरधनी अच्युतप्रसाद पोखरेल को नाममा रहेको १ हजार ९ सय ५३ कित्ता, कृष्ण हरि खत्रीको नाममा रहेको १२ हजार कित्ता, बिमल पाण्डेको १७ हजार १ सय कित्ता, मनोज बस्नेतको नाममा रहेको २० हजार कित्ता, रामेश्वरी श्रेष्ठको नाममा रहेको ९९ हजार ७ सय ४८ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् ।

उक्त सेयरको खरिद बिक्री मूल्य भने तोकिएको छैन् । सेयर खरिद बिक्रीको लागि संस्थापक सेयरधनीकरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिभित्र कम्पनीको कर्पोरेट कार्यालय महालक्ष्मी ४ ललितपुर वा सेयर रजिष्ट्रार कुमारी क्यापिटल लिमिटेड नागपोखरी नक्सालमा आफुले के कति कित्ता सेयर खरिद गर्न हो खुलाई आवेदन पेश गर्न सक्नेछन् ।

साथै, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट सेयर खरिद नभएको खण्डमा कम्पनीले कानुन बमोजिम अन्य व्यक्ति वा संघ संस्था, कम्पनीलाई बिक्री प्रक्रिया अघि बढाउने एक सूचामार्फत जानकारी दिएको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal