Skip to content

नेसनल लाइफको अवार्ड कार्यक्रममा ८० जना अभिकर्ताहरु सम्मानित

 

काठमाडौं । नेसनल लइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नेसनल अवार्ड कार्यक्रम इटहरीस्थित होटल सोल्टी वेस्टेण्डमा सम्पन्न भएको हो ।

कार्यक्रममा कोशी र मधेस प्रदेशका करिब ८० जना अभिकर्ता सम्मानित भएका छन् । प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्रीले सहभागी अभिकर्ताहरुलाई बजार विभाग प्रमुख विवेक शर्माले व्यवसायिक अभिकर्ता उत्पादन गर्न कम्पनीले ल्याउने यस प्रकारको योजनाहरु प्रभावकारी हुने बताए ।

समारोहमा नेसनल अवार्ड विजेता अभिकर्ताहरुलाई नेसनल लाइफ लोगो अंकित चाँदीको मेडल, सर्टिपिकेट र खादाबाट सम्मान गर्दै उनले अभिकर्ता सञ्जाललाई प्रविधिमैत्री र व्यवसायिक बनाउन थप लगानी गरिएको र कम्पनीको व्यवसाय वृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई प्राथमिकतामा राखी समय सापेक्ष प्रोत्साहन योजना ल्याइएको कारण नै नेपालभरबाट नेसनल रत्नमा उत्साहजनक रुपमा अभिकर्ताहरु छनौट हुन सफल भएको बताए ।

उनले नेसनल रत्नमा छनौट हुने अभिकर्ताहरुलाई प्रदेश स्तरीय रुपमा सम्मान कार्यक्रम सम्पन्न गर्दै लाने कम्पनीको योजनाअनुसार कोशी र मधेस प्रदेशका अभिकर्ताहरुबाट सम्मान कार्यक्रम सुरु गरिएको र अन्य प्रदेशका बाँकी अभिकर्ताहरुलाई पनि छिट्टै नै सम्मान गरिने व्यहोरा जानकारी गराए ।

कार्यक्रममा, प्रमुख कार्यकारी अधिकृत सहित केन्द्रिय कार्यालयका प्रवन्धक विवेक शर्मा, सहायक प्रवन्धक सुष्मिता शर्मा, कोशी प्रदेश प्रमुख नरेन्द्र कुमार बाच्छाना राई लगायत विभिन्न शाखा कार्यालयहरुबाट शाखा प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।

 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal