Skip to content

१२ सय रुपैयाँले सस्तियो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सातोको तेस्रो दिन सुनको मूल्य केही घटेको छ । अघिल्ला दुई दिन रकेर्ड कायम गरेको सुनको मूल्य मंगलबार १२ सय रुपैयाँले सस्तो भएको हो ।

आज सुन तोलामा १ लाख ४० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुन अहिलेसम्मकै उच्च १ लाख ४१ हजार ८ सय रुपैयाँ पुेको थियो ।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तेजाबी सुन तोलामा १ लाख ३९ हजार ९ सय रुपैयाँ कायम भएको छ । अघिल्लो दिन तेजाबी सुनको मूल्य १ लाख ४१ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि केही घटेको छ । आज चाँदी तोलामा १ हजार ८८५ रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ९४० रुपैयाँमा कारोबार भएको थियो ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal