Skip to content

सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकलाई अपोलो हस्पिटलमा १० प्रतिशत छुट

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक र अपोलो हस्पिटलबीच सम्झौता भएको छ । सो  सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुगोग श्रेष्ठ र अपोलो हस्पिटलको तर्फबाट अपोलो इनफरमेसनका प्रमुख कार्यकारी अधिकृत अभिषेक दुगरले हस्ताक्षर गरेका हुन् ।

सो सम्झौताअनुसार अपोलो हस्पिटलले बैंकका ग्राहकहरु महानुभाव तथा कर्मचारीहरुलाई १० प्रतिशतसम्म छुट प्रदान गर्ने छ । साथै अपोलो मेन हस्पिटल चेन्नई, अपोलो क्यानस इन्ष्टिच्यूट चेन्नई, हैदराबाद, बैंगलोर, मुम्बई, न्युदिल्ली, कोलकाता जस्ता अपोलो हस्पिटलका सञ्जालहरुमा समेत यी सबै सुबिधा उपलब्ध रहेको व्यवहोरासमेत जानकारी गराइन्छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal