Skip to content

सिटिजन्स बैंकको १ लाख कित्ता सेयर बिक्रीमा, न्यूनतम मूल्य १ सय

 

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेश्नलले संस्थापक सेयरधनी राजेन्द्रबहादुर श्रेष्ठको नाममा रेहको १ लाख कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

सो सेयरको प्रतिकित्ता न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको छ । सेयरको खरिद मूल्य भने तोकिएको छैन । सेयर खरिदको लागि संस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना प्रकाशन भएको ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा आवेदन पेस गर्न सक्नेछन् ।

त्यसैगरी, तोकिएको समयमा संस्थापक सेयरधनीहरुबाट आवेदन नपरेको खण्डमा कानुनबमोजिम अन्य व्यक्ति वा संघ–संस्थालाई बिक्री प्रक्रिया अगाडी बढाउने बैंककले एक सूचना मार्फत जानकारी दिएको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal