Skip to content

विद्युत नियमन आयोगले बुद्धभूमि नेपाल हाइड्रोलाई हकप्रद बिक्री गर्न दियो स्वीकृति

 

काठमाडौं । विद्युत नियमन आयोगले बुद्धभूमि नेपाल हाइड्रो पावर कम्पनी लिमिटेडलाई १०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्न पूर्वस्वीकृति दिएको छ । उक्त कम्पनीले १०० प्रतिशत अर्थात् १ः१ अनुपातमा ४० लाख कित्ता हकप्रद जारी गर्न आयोगले स्वीकृति दिएको हो ।

हाल यस कम्पनीको चुक्ता पुँजी ४० करोड रुपैयाँ रहेको छ । हकप्रद सेयर जारी भएपछि यस कम्पनीको चुक्ता पुँजी ८० करोड रुपैयाँ पुग्नेछ । हकप्रदसम्बन्धी प्रस्ताव आगामी साधारण सभा र नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि थप प्रकृया अघि बढ्नेछ । यस कम्पनीले १५० प्रतिशत हकप्रद सेयर बिक्रीका लागि अनुमति मागेको थियो । तर, आयोगले भने १०० प्रतिशतका लागि अनुमति दिएको छ ।

 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal