Skip to content

सेवोन र रावामा एमाले माओवादीको भागबण्डा

 

काठमाडौं । सत्तारुढ दल नेकपा एमाले र माओवादी केन्द्रले नेपाल धितोपत्र बोर्ड (सेवोन) को अध्यक्ष र राष्ट्रिय वाणिज्य बैंकको सीईओ भागबण्डा गर्ने भएका छन् । सत्तारुढ दुई दलले सेवनको अध्यक्ष माओवादी र वाणिज्य बैंकको सीईओ एमालेले लिने गरि भागबण्डा गरेका हुन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र अर्थमन्त्री वर्षमान पुनीिच बोर्ड र बैंकको नेतृत्व भागबण्डा गर्ने सहमति भएको हो । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ति प्रक्रिया लामो समयदेखि रोकिएको छ । टप पाँच जनाको नाम सार्वजनिक भइसकेको अवस्थामा अध्यक्ष छनौट समितिले अन्तर्वार्ता स्थगित गरेको छ । पाँच जनालाई अन्तर्वार्ताका लागि बलाइएको समेत थियो । तर, अन्तर्वार्ता स्थगित छ ।

त्यस्तै सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकमा पनि सीईओ छनौट प्रक्रिया अन्तिम चरणमा रहेको छ । सीईओ नियुक्तिका लागि पाँच जनाको नाम छनोट गरेर जेठ ९ गते (भोलि) का लागि अन्तर्वार्ताको मिति तोकिएको छ ।

नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि छानीएका पाँच जनाहरुमा डा. नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ, कृष्ण बहादुर कार्की, मुक्तिनाथ श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठ छन् । उनीहरुमध्ये सन्तोष नारायण श्रेष्ठबाहेक अरु सबै माओवादी निकटका हुन् ।

बैंकको सीईओका लागि छनोट भएका पाँच जनामा कृष्णबहादुर अधिकारी, देवेन्द्र रमण खनाल, प्रकाशचन्द्र अधिकारी, बिष्णुदेव यादव र शंकर केसी रहेका छन् । उनीहरुमध्ये नेपाल बैंकका पूर्व सीईओ समेत रहेका कृष्णबहादुर अधिकारी र बैंकका निमित्त सीईओ देवेन्द्र रमण खनाललाई प्रवल दावेदार हेरिएको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal