Skip to content
Prabhu

हिमाल वाटर पार्क भिलेजले आइपीओ निष्काशन गर्न कुमारी क्यापिटलसँग गर्यो सम्झौता

 

काठमाडौं । हिमाल वाटर पार्क भिलेज होटल प्राइभेट लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । सो कम्पनीले यसका लागि कुमारी क्यापिटल लिमिटेडसँग ‘वे टु लिस्टिङ’ सेवाअन्तर्गत सम्झौता गरेको छ ।

हिमाल वाटर पार्क भिलेज होटल प्राइभेटलाई आइपीओ जारी गरी सूचीकरणको चरणसम्म पुर्‍याउन आवश्यक सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको हो । सो सम्झौतापत्रमा हिमाल वाटर पार्क भिलेज होटल प्राइभेट लिमिटेडका तर्फबाट सञ्चालक सुनिलकुमार खेतान तथा कुमारी क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत पुष्प शर्माले हस्ताक्षर गरेका छन् ।

नेपालको पर्यटन विकासमा टेवा पुर्‍याउँदै सो हिमाल वाटर पार्क भिलेज होटल प्रालि भारतीय चेन होटल क्लार्क रिसोर्टको फ्रेन्चाइजअन्तर्गत रहि सञ्चालन भइरहेको छ । सम्बन्धित निकायबाट चार तारेको अनुमति प्राप्त गरी यो होटल सञ्चालनमा रहेको छ ।

 

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal