Skip to content

आइपीओ ल्याउने तयारी गरेको कैलाश हेलिकप्टरको ६ महिनामा ३१ करोडको व्यापार

काठमाडौं । कैलाश हेलिकप्टर लिमिटेडले चालु आर्थिक वर्षको ६ महिनाको अवधिमा ३१ करोडको व्यापार गरेको छ । सन् २०२४ को ६ महिनाको अवधिमा कम्पनीले ३१ करोड बढीको कारोबार गरेको हो ।

गत आर्थिक वर्ष सन् २०२३ मा कम्पनीले ७० करोड बढीको कारोबार गरेको थियो । जुन सन् २०२२ को भन्दा ७३ प्रतिशतले धेरै हो ।

कम्पनीले २०२२ मा ४० करोड बढीको व्यापार गरेको थियो । कम्पनीले सन् २०२० देखि लगातार रुपमा आफ्नो व्यापार बढाइ रहेको छ । २०२० मा कम्पनीले ३० करोडको व्यापार गरेको थियो भने २०२१ मा ३२ करोडको व्यापार गरेको थियो ।

कैलाशको चुक्ता पुँजी ३१ करोड रहेको छ । कम्पनीले ५० प्रतिशत व्यापार साहसिक पर्यटन गतिविधिबाट गरेको छ ।

कैलाशले सर्वसाधारणलाई सेयर निष्कासन गर्ने तयारी गरेको छ ।

 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal