Skip to content

सेयर बजार तेस्रो दिन पनि बढ्यो, कारोबार रकम ५ अर्ब २० करोड

 

काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि सेयर बजारमा हरियाली छाएको छ । यो सातको सुरुदेखि नै बढिरहेको सेयर बजार आज पनि दोहोरो अंकले बढेको हो ।

मंगलबार सेयर बजार परिसूचक २३ दशमलव ९४ अंकले बढेको हो । अघिल्लो दिन पनि सेयर बजार २७ अंकले बढेको थियो । मंगलबारको कारोबार बन्द हँुदा सेयर बजार परिसूचक २३ दकमलव ९४ अंकले बढेर २११५ दशमलव ९४ विन्दुमा पुगेको छ । आज कारोबार भएका कम्पनीमध्ये १९४ कम्पनीको सेयर मूल्य बढेको छ भने ४३ कम्पनीको मूल्यमा गिरावट आएको छ । ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

आज दिनभरिको कारोबारमा ३१७ कम्पनीका १ करोड ३२ लाख ४१ हजार २१७ कित्ता सेयर ७३ हजार ६६७ पटक खरिद बिक्री हुँदा ५ अर्ब २० करोड ६२ लाख ८ हजार १११ रुपैयाँ बराबरको कारोबार भएको छ ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ५३ अंकले बढेर ३७७ दशमलव ६० विन्दुमा पुगेको छ ।

१३ उपसमूहमध्ये आज ११ उपसमूहको परिसूचक बढेको छ भने २ उपसमूहको परिसूचक घटेको छ । आज फाइनान्सीयल उपसमूहको परिसूचक सर्वाधिक ३.५५ प्रतिशत बढेको छ । आज दिन व्यापार उपसमूहको परिसूचक ०.५२ प्रतिशतले घटेको छ ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal