Skip to content

नेपाल रिको खुद नाफासँगै कुल बिमा व्यापारमा पनि गिरावट

 

काठमाडौं । नेपाल पुनर्बिमा कम्पनी लिमिटेडको चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अवधिमा नाफामा गिरावट आएको छ । कम्पनीले बुधबार सार्वजनिक गरेको पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार गत वर्षको पहिलो त्रैमासिकभन्दा चालु आर्थिक वर्षको पहिलो तीन महिनामा खुद नाफामा ४७ करोड ५६ लाख रुपैयाँले गिरावट आएको हो ।

कम्पनीले सार्वजनिक गरेको विवरण अनुसार गत वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा १८ करोड ८९ लाख रुपैयाँले बढेको थियो । कम्पनीको असोज मसान्तसम्म जगेडा कोषमा १९ करोड ६९ लाख रुपैयाँ संचिती छ भने महाविपत्ति कोषमा २६ करोड ७४ लाख रुपैयाँ संचिती रहेको छ ।

यस अवधिमा कम्पनीको बिमा कोषको आकार २२.९४ प्रतिशतले बढेर ८  अर्ब ९१ करोड रुपैयाँ नाघेको छ । गत आवको यसै अवधिमा कम्पनीको बीमा कोषमा सात अर्ब २४ करोड रुपैयाँ संचिती रहेको थियो । खुद नाफा सँगै कम्पनीको बिमा शुल्कमा पनि गिरावट आएको छ । कम्पनीले सुरुको तीन महिनाको अवधिमा १ अर्ब ४३ करोड रुपैयाँ बिमाशुल्क आर्जन गरेको छ । गत आवको यही अवधिमा कम्पनीले दुई अर्ब १९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको थियो । जुन गत आवको सोही अवधिको तुलनामा ३४.७० प्रतिशत कम हो ।

गत आवको तुलनामा कम्पनीको कुल आम्दानीमा १५.८२ प्रतिशतको गिरावट आएको छ । गत आवको असोज मसान्तसम्म दुई अर्ब बढी कुल आम्दानी गरेको यस कम्पनीले चालु आवको सोही अवधिमा एक अर्ब ७३ करोड रुपैयाँमात्र आम्दानी गर्न सफल भएको छ ।

 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal