Skip to content

आज सन नेपाल लाइफको साधारणसभा

 

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौं वार्षिक साधारण सभा सुरु भएको छ । इन्स्योरेन्सको साधारणसभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोग केटरर्स प्रालिमा विहानको १० बजेदेखि सुरु भएको हो ।

सभाले गत आवको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पँुजी ३ अर्ब २० करोड रुपैयाँको २३.८० प्रतिशत बोनस शेयर र १.२५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बोनस शेयर जारीपछि कम्पनीको चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ कामय हुनेछ । त्यसमा अपुग पुँजी कायम गर्न २७ प्रतिशत (१ः०.२७) को अनुपातमा हकप्रद जारी गर्ने र तत् पश्चात् अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्न स्वीकृती प्रदान गर्ने प्रस्ताव समेत पारित हुनेछ ।

गत आवको वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखा परीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने, सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने एक जना संचालक निर्वाचन गर्ने र प्रबन्धपत्र तथा नियमाली संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने एजेण्डा छन् ।

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal