Skip to content

बोनस वितरण प्रस्ताव पारित गर्दै सकियो सन नेपाल लाइफको साधारणसभा

 

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सातौं वार्षिक साधारणसभा बोनस वितरण गर्ने निर्णय पारित गर्दै सकिएको छ । कम्पनीको साधारण सभाले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट चुक्ता पुँजी ३ अर्ब २० करोड रुपैयाँको २३.८० प्रतिशत सेयर बोनस र १.२५२६ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) वितरण गर्ने प्रस्ताव पारित गरेको गर्दै सम्पन्न भएको हो ।

बोनस सेयर जारीपछि चुक्ता पुँजी ३ अर्ब ९६ करोड १६ लाख रुपैयाँ कामय हुने छ । त्यसमा अपुग पुँजी पु¥याउनका लागि २७ प्रतिशत (१ः०.२७) को अनुपातमा हकप्रद जारी गर्ने र तत् पश्चात् अधिकृत, जारी तथा चुक्तापुँजी वृद्धि गर्न स्वीकृति प्रदान गर्ने प्रस्ताव समेत पारित भएको छ ।

गत आवको वार्षिक प्रतिवेदन सहितको वित्तीय विवरण छलफल गरी पारित गर्ने, चालु आवका लागि लेखा परीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने र प्रबन्धपत्र तथा नियमाली संशोधन गर्न संचालक समितिलाई अख्तियारी दिने एजेण्डा समेत पारित भएको हो । साथै, सर्वसाधारण शेयरधनी समूहबाट स्नेहा शर्मा र्निबिरोध निर्वाचित भएकी छिन् ।

 

sanima

प्रतिक्रिया दिनुहोस्

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal